Logo

Breaking News 1

एसिया कप : आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै



काठमाडौं । एसिया कप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तान भिड्दै छन् । खेल आइतबार राति ८ः१५ बजे यूएईमा सुरु हुँदैछ ।

समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाउन सफल भएका छन् । समान अंक भए पनि समूह ‘ए’मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ ।

भारतले पहिलो खेलमा यूएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो । एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ९ : २८ बजे