Logo

मुख्य समाचार

जेन जेड आन्दोलनमा ज्यान गुमाउने तथा घाइतेको व्यवस्थापनमा काठमाडौं महानगर सक्रिय


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूको शव व्यवस्थापनदेखि घाइतेहरूको उपचार तथा घर फर्कने व्यवस्थासम्म काठमाडौं महानगरपालिका सक्रिय बनेको छ।

महानगरपालिकाका अनुसार आन्दोलनका क्रममा अकालमै निधन भएका नागरिकहरूको शव व्यवस्थापन, परिवारजनलाई राजधानीसम्म ल्याउन यातायात सुविधा, काठमाडौंमा बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्‍याउन आवश्यक शववाहनको व्यवस्था गरिएको छ।

त्यस्तै, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपछि उनीहरूलाई घर फर्काउन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि विशेष टोली परिचालन गरिएको महानगरले जनाएको छ।

यस कार्यका लागि महानगरले समन्वयकर्ताको रूपमा तीन जना अधिकारीको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।

महानगरले प्रभावित परिवार तथा व्यक्तिहरूलाई आवश्यक सहयोगका लागि तत्काल सम्पर्क गर्न अनुरोध गर्दै, सबै पक्षसँग सहकार्य गरेर संकट व्यवस्थापनमा जुट्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  २ : ११ बजे