Logo

समाचार

वरिष्ठ अधिवक्ता त्रिपाठीः राष्ट्रपति वा सेनाले संसद् विघटन गर्न मिल्दैन


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति वा सेनाबाट संसद् विघटन गर्न नसकिने बताएका छन्। नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले जेन–जी समूहको संसद् विघटनको माग अमिल्दो भएको टिप्पणी गरे।

त्रिपाठीका अनुसार अन्तरिम सरकार गठन भएपछि मात्रै संसद् विघटनको सिफारिस गर्न सकिने हो। “वार्ताको पहिलो शर्त नै संसद् विघटन भन्ने कुरा अलिकति अमिल्दो हो,” उनले भने। “जेन–जी पुस्ताको भावनालाई सम्बोधन गर्नलाई संसद्मा सबै खराब छैनन्। जाने त निर्वाचनमै हो।”

उनले अन्तरिम सरकारको अध्यक्षका लागि पूर्व प्रधानन्यायाधीश सुशिला कार्की उपयुक्त हुने पनि बताए। “उहाँ जतिको अनुहार अहिले छैन, उहाँजत्तिको अरुले समर्थन पनि पाएका छैनन्,” त्रिपाठीले भने।

संविधानको प्रत्येक कमामा मात्रै समाधान खोजेर काम नहुने उल्लेख गर्दै उनले मुलुकलाई सरकारविहीनताको बन्धक नबनाउन आग्रह गरे। उनका अनुसार ढिलोमा आज बेलुकासम्म सरकार गठनमा निष्कर्षमा पुगिनुपर्छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १ : १६ बजे