Logo

समाचार

नेपाली सेनाको आग्रहः झुटा समाचारमा विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाली सेनाले भ्रामक र गलत समाचारमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। हाल विभिन्न माध्यम र सामाजिक सञ्जालमार्फत विभिन्न टिका–टिप्पणी र विश्लेषण प्रसारित भइरहेको भन्दै सेनाले आधिकारिक स्रोतबाहेकका जानकारीप्रति सचेत रहन आग्रह गरेको हो।

सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालय र स्थानीय पृतना मुख्यालयहरूसँग समन्वय गरेर मात्रै सूचना लिन आग्रह गरेको छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ११ : ५८ बजे