Logo

समाचार

काठमाडौं उपत्यकामा दुई घण्टाका लागि आवतजावत खुला



काठमाडौं — नेपाली सेनाले बिहीबार बेलुका ५ बजेदेखि ७ बजेसम्म काठमाडौं उपत्यकामा कर्फ्यु आदेशमा अस्थायी सहजता दिएको छ। अत्यावश्यक उपभोग्य सामग्री खरिदका लागि दुई घण्टासम्म सवारी तथा पैदल आवतजावत गर्न अनुमति दिइएको सेनाले जनाएको छ।

यसअघि सेनाले बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म दैनिक उपभोग्य वस्तु खरिदका लागि कर्फ्युमा सहजता दिने विज्ञप्ति जारी गरेको थियो।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ५ : ५६ बजे