विराटनगर, भदौ २६ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार बेलुका ५ बजेपछि जिल्लाभर कर्फ्यु आदेश लागू गरेको छ। कर्फ्यु शुक्रबार (भदौ २७) बिहान ६ बजेसम्म कायम रहने प्रशासनले जनाएको छ।
नेपाली सेना र सुरक्षाकर्मी विभिन्न स्थानमा तैनाथ भई बाहिर रहेका सर्वसाधारणलाई घर फर्कन आग्रह गरिरहेका छन्। प्रशासनले बिहानै सार्वजनिक सूचना जारी गर्दै कर्फ्यु आदेशको जानकारी दिएको थियो।
दिनभर निषेधाज्ञा कायम रहेको मोरङमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवतजावत, भेला, सभा र जुलुसमा प्रतिबन्ध लगाइएको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।
प्रतिक्रिया