Logo

अर्थ

सीमित कर्मचारीबाट सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं – नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी सेवासम्बन्धी संस्थाहरूलाई अत्यावश्यक सेवा सीमित कर्मचारीमार्फत सञ्चालन गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा वित्तीय संस्थाहरूले आफ्नो व्यावसायिक निरन्तरता सुनिश्चित गर्दै संवेदनशील प्रणालीलाई सीमित कर्मचारीमार्फत सञ्चालन गर्न आग्रह गरिएको छ।

अन्य प्रणालीहरू जोखिमको मूल्याङ्कनका आधारमा सञ्चालन गर्न सकिने र सञ्चालनमा रहेका शाखा, एटीएम तथा उपलब्ध सेवासम्बन्धी जानकारी आफ्नो तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सार्वजनिक गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ११ : ५३ बजे