काठमाडौं – धितोपत्र बजार मापक नेप्से परिसूचक आइतबार ११.५२ अंकले घटेर २७०८.२७ विन्दुमा पुगेको छ। यस दिन ४ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
गएको बिहीबार ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको थियो। आइतबार युनियन हाइड्रोपावर कम्पनीको २९ करोड ९९ लाख रुपैयाँको सेयर किनबेच भई सर्वाधिक कारोबार भएको हो।
नेप्सेमा ७९ कम्पनीको सेयर मूल्य बढ्दा १७३ कम्पनीको मूल्य घट्यो। हिमस्टार ऊर्जा कम्पनीको सेयर ९.९७ प्रतिशतले बढेको छ।
१३ उपसमूहमध्ये फाइनान्स, म्युचुअल फन्ड र उत्पादन तथा प्रशोधन समूहको परिसूचक मात्र बढेको एक्सचेन्जले जनाएको छ।
प्रतिक्रिया