Logo

खेलकुद

माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता आजदेखि हुँदै


२७ श्रावण २०८२, मंगलबार  

23
Shares

काठमाडौं । म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ) को आयोजनामा माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता आजदेखि हुने भएको छ ।

प्रतियोगितामा माफमा आबद्ध १६ विद्यालयको सहभागिता रहने छन् । प्रतियोगितामा विभिन्न ३ विधामा ४७ टिमको सहभागिता रहने माफकी अध्यक्ष इसु गुरुङले जनाएकी छन् ।

सिनियर र जुनियर ब्वाइजमा समान १६–१६ तथा सिनियर गल्र्समा १५ टिमले प्रतिस्पर्धा गर्ने छन् । चारदिने प्रतियोगिताका खेलहरु धन्यन्तरी फुटसलमा हुनेछ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ७ : ५६ बजे