Logo

राजनीति

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाँदै, एलडीसी सम्मेलनमा सहभागी हुने


१६ श्रावण २०८२, शुक्रबार  

69
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (साउन १८ गते) तुर्कमेनिस्तान प्रस्थान गर्ने भएका छन्। उनी त्यहाँ साउन २० देखि २५ गतेसम्म तुर्कमेनिस्तानको अवाजामा हुने भूपरिवेष्ठित विकासशील देशहरू (LLDCs) सम्बन्धी तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन जाने छन्।

परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओलीले सम्मेलनमा अति कम विकसित देशहरूको ग्लोबल कोअर्डिनेसन ब्युरो का अध्यक्षको हैसियतले सम्बोधन गर्नेछन्। साथै, उनले सम्मेलनको उच्चस्तरीय गोलमेचको सह-अध्यक्षता गर्ने र अन्य कार्यक्रमहरूमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनका साइडलाइनमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुख, संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्री तथा अन्य उच्च सरकारी अधिकारीहरूको टोली पनि सहभागी हुनेछ। प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : २५ बजे