Logo

Breaking News 1

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले मुलुकका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

यस्तै, आज दिउँसो देशभर साधारणतया बदली रहने छ । देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना र मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाकाले जनाएको छ ।

त्यस्तै, आज राति देशभर साधारणतया बदली रहने छ । कोशी र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : ५८ बजे