Logo

Breaking News 1

फलफूलमा हुने आयात कम गर्न फल दिने विरुवा रोप्न आवश्यक : सांसद श्रेष्ठ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बिराज भक्त श्रेष्ठले खुल्ला क्षेत्रमा फलफूलका बोटहरु लगाउन सके फलफूलमा हुने आयात कम गर्न सकिने बताएका छन् । शनिबार रोटरी क्लबले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले फल दिने विरुवा रोप्न जोड दिएका हुन् ।

उनले भने, ‘रोटरी क्लबले यो पटक फल दिने बिरुवाहरु रोपेको छ । नेपालमा फलफूल उत्पादनमा ह्रास भएर बाहिरी मूलुकबाट भित्राइएका भन्ने समाचारहरु आइरहेका छन् । खुल्ला क्षेत्रहरुमा फलफूलहरु रोप्न थालियो भने चराचुरुङगीले पनि खान पाउने र विस्तारै बाहिरबाट भित्र्याउने संख्यामा पनि कमि हुन्छ । यस्ता कामहरुले सुक्ष्मरुपमा अर्थतन्त्रमा नै टेवा पुग्ने पुर्याउने देखिन्छ ।’

उनले खुल्ला क्षेत्र फल लिने विरुवाहरु रोप्दा पछि आयात निर्यातमा सन्तुलन हुनुका साथै अर्थतन्त्रमा टेवा पुर्याउने बताए । उनले सबैलाई खाली ठाउँमा फल दिने विरुवाहरु रोपी शहरी हरियाली प्रवर्धन गर्न समेत आग्रह गरे ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ३८ बजे