Logo

Breaking News 1

बेलायतमा डा. विना घिमिरेलाई ‘देव शर्मा कम्युनिटी अवार्ड’



लन्डन । बेलायतमा सक्रिय समाजसेवा गर्दै आइरहेकी डा.विना घिमिरेलाई ‘देव शर्मा कम्युनिटी अवार्ड’ प्रदान गरिएको छ । डार्टफोर्ड क्षेत्रमा सामाजिक समावेशिता र आपसी समझदारीको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै डा.घिमिरेलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

जनस्वास्थ्य विज्ञका रुपमा कार्यरत डा. घिमिरेलाई एक समारोहबीत डार्टफोर्ड क्योरका मेयर पिटर वाप्शटले अवार्ड प्रदान गरेका थिए । डार्टफोर्ड नेप्लिज कम्युनिटीका निवर्तमान अध्यक्ष डा.घिमिरेले आफ्नो कार्यकालमा नेपाली समूदाय र अन्य विभिन्न सांस्कृति समूदायहरुबीच आपसी समझदारी र सामाजिक एकता निर्माणमा विशेष भूमिका निर्वाह गरेकी थिइन् ।

कोहेल्शन प्लस नामक संस्थाले स्थापना गरेको अवार्ड वितरण समारोहमा गुरविन्दर सन्देर एमबीई केन्टका उप लेप्टिनेन्टले डा.घिमिरेले आपसी समझदारी र सांस्कृतिक सहिष्णुता फैलाउन खेलेको भूमिकाको प्रशंसा गरे । अवार्ड प्राप्त गरेपछि डा. घिमिरेले प्राप्त सम्मान सबै नेपाली समूदाय र यस क्षेत्रका विविध समुदायको भएको बताइन् ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ८ : १८ बजे