Logo

राजनीति

गठबन्धनको भावना अनुसार सरकारले काम गर्नुपर्ने कांग्रेस नेताहरुको निष्कर्ष



काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरूले छलफल गरेका छन् । सोमबार कांग्रेसबाट सरकारको नेतृत्व गरेर गएका उपप्रधान तथा सहरी विकास मन्त्री समेत रहेका प्रकाशमान सिंहको निवासमा कांग्रेस संस्थापन पक्षको बैठक बसेको हो ।

उक्त बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कृष्णप्रसाद सिटौलाले गठबन्धनको भावना अनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको बताए । उनले सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्ने समेत बताए ।

उनले भने, ‘देशको समसामयिक राजनीतिक परिस्थितका बारेमा छलफल गर्यौं । सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्छ भनेर हामीले नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भनेका छौं ।  गठबन्धनको भावनालाई कायम राख्नुपर्छ, यो गठबन्धन ०८४ को निर्वाचनसम्मै जान्छ । त्यो जानेगरी विश्वासका आधारमा काम गर्नुपर्छ ।’

साथै उनले आजको बैठकको निष्कर्ष मन्त्री सिंहले प्रधानमन्त्री केपी ओलीसँग पनि कुरा गर्ने बताए । गठबन्धन निर्माण हुँदा सहमति अनुसार दुई दलबीच भएको संविधान संशोधनको विषय अगाडि नबढेको समेत बैठकले निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ०९ बजे