Logo

Breaking News 1

मेघगर्जनर चट्याङसहित भारी वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहँदा आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकर दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ३८ बजे