Logo

Breaking News 1

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जनाएको छ ।

जसका कारण हाल देशका पहाडी भू–भागमा मौसम साधारणतया बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति भने देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ७ : ०७ बजे