Logo

खेलकुद

युइएफए महिला युरोमा इङ्ग्ल्यान्ड सेमिफाइनलमा


२ श्रावण २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । इङ्ग्ल्यान्ड युइएफए महिला युरो २०२५ को सेमिफाइनलमा पुगेको छ ।

स्विडेनसँग २—० ले पछि परेको खेल उल्टाएर पेनाल्टी सुट आउटमा ३—२ को जित सहित इङ्ग्ल्यान्ड अन्तिम चारमा पुगेको हो ।

लुसी ब्रोन्जले इङ्ग्ल्यान्डको लागि सातौं पेनाल्टी हानिन् र उनी सफल भइन् । स्विडेनकी स्मिल्ला होल्मबर्गले आफ्नो प्रयास बारमाथि प्रहार गरेपछि पेनाल्टी सुटआउट टुंगिएको थियो ।

स्विडेनले ७ पेनाल्टीमध्ये केबल २ गोल गर्न सक्यो । इङ्ग्ल्यान्डकी गोलकिपर हाना ह्याम्प्टनले २ पेनाल्टी रोकिन् ।

कप्तान कोसोभारे अस्लानी दोस्रो र फरवार्ड स्टिना ब्ल्याकस्टेनियसले २५ औं मिनेटमा गोल गर्दै स्विडेन २–० ले अघि बढाएका थिए । इङ्ग्ल्यान्डले त्यो समयसम्म खासै अवसर सिर्जना गर्न सकेको थिएन ।

साविक विजेता इङ्ग्ल्यान्डले मंगलबार इटालीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ९ : २१ बजे