Logo

Breaking News 1

मुख्यमन्त्री सिंह र मन्त्री यादवबीच भेटवार्ता, खानेपानी समस्या समाधानको लागि अभियानकै रुपमा काम गर्ने



जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवबीच जनकपुरधाममा भेटवार्ता भएको छ ।

मंगलबार भएको भेटवार्तामा मधेश प्रदेशमा विद्यमान खानेपानी समस्या समाधानको लागि संघीय र प्रदेश सरकारले संयुक्त रूपमा अभियानकै रूपमा अगाडी बढने सहमति भएको छ ।

संघीय र प्रदेश सरकारका संयन्त्रहरुलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्यका लागि क्रियाशील गर्ने कार्य सुरु भएको छ ।

संघीय र प्रदेश सरकारले भएका साधनस्रोतको अधिक्तम प्रयोग गरि खानेपानी समस्या समाधान गर्ने र खानेपानीसंग सम्वन्धित ससर्त योजनाहरुलाई तत्काल कार्यान्वयन गरिने गरि काम अगाड़ी बढाइनेछ ।

जनताले भोगिरहेको खानेपानी संकटका वेला जनताकै साथमा खड़ा भई दुवै तहका सरकारको अनुभुति हुने गरि काम अगाडी बढाउन सरोकारवाला मन्त्रालय र निकायलाई निर्देशन दिइएको छ ।

भेटका क्रममा मधेश प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित मन्त्रालयका विज्ञ र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ०५ बजे