Logo

Breaking News 1

दुईवटा संसदीय समितिको बैठक बस्दै, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुने



काठमाडौं । आज संघीय संसद अन्तर्गतको दुईवटा समितिको बैठक बस्दै छ । आइतबार राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने बैठकमा २०८२ असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन,मन्त्रालयसँग सम्बन्धित आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासनहरुमा छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै बिहान ११ः३० मै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारवाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुने छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : ५३ बजे