Logo

Breaking News 1

बालबालिकाको दुरुपयोग गरेर आफ्नो अपराध ढाक्ने प्रयास निन्दनीय : महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले रास्वपा सभापति रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानले अपराध ढाक्ने काम भएको भन्दै विरोध गरेका छन् ।

शनिबार उनले आफ्नो सामाजिक सञ्जालमार्फत बालबालिकाको दुरुपयोग गरेर आफ्नो अपराध ढाक्ने प्रयास निन्दनीय रहेको बताएका छन् ।

उनले सामाजिक सन्जालमा लेख्दै भनेका छन्,’बिस्कुट र कुरकुरे दिएर बालबालिकाबाट रवि लामिछानेको पक्षमा हस्ताक्षर गराउने र युट्युबर बोलाएर उनको पक्षमा बोल्न लगाउने काम अत्यन्तै आपत्तिजनक छ । यस्तो हर्कतले केवल बाल अधिकारको उल्लङ्घन गर्छ, समाजमा गलत सन्देश दिन्छ ।’

‘अझ खेदजनक त के छ भने, बालबालिकाको अधिकार हनन गर्ने यिनै व्यक्ति आफैलाई ‘सुधारक’ भन्न लाज मान्दैनन् । सहकारी ठगीजस्ता गम्भीर आरोप खेपिरहेका व्यक्तिहरूले कानुन हातमा लिएर बालबालिकाको आडमा आफ्ना अपराध छोप्ने प्रयास गर्नु गम्भीर अपराध हो,’ उनले थप भने ।

कानुनको शासन र बालअधिकारको संरक्षण सधैँ पहिलो प्राथमिकतामा रहनुपर्ने भन्दै उनले यसमा सम्झौता हुन नहुने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : ४० बजे