Logo

Breaking News 1

गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५७ हजार नाघ्यो



एजेन्सी । हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५७,२६८ पुगेको छ । अन्य १,३५,६२५ जना घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

यस वर्ष मार्च १८ देखि मृत्यु हुनेको संख्या ६,७१० पुगेको छ भने घाइतेको संख्या २३,५८४ रहेको छ । विगत २४ घण्टामा १३८ जनाको मृत्यु भएको छ, जसमा मानवीय सहायता प्राप्त गर्ने प्रयास गर्दा ६२ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले शुक्रबार बिहानदेखि गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा ४१ प्यालेस्टिनीको मृत्यु भएको पनि जानकारी दिएका छन्। (सीसीटीभीप्लस)

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : ०४ बजे