Logo

Breaking News 1

टस हारेर बलिङ गर्दै नेपाल



काठमाडौं । एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले टस हारेर बलिङ गर्दैछ । आजको खेलमा सिंगापुरले टस जितेर पहिलो ब्याटिङ गर्दैछ । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो ।

उता, सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए । समूह चरणमा नेपालले सिंगापरलाई ६ विकेटले पराजित गरेको थियो ।

गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो । यसपाली पनि उपाधि हासिल गर्नको लागि नेपाली टोली लागेका छन् ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : २३ बजे