Logo

Breaking News 1

खानीखोला हाइड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्नुपर्ने



काठमाडौं । खानीखोला हाइड्रोपावरले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २७ गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १० गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन प्रयोजनका एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले प्रति शेयर १०० रुपैयाँ दरका ४६ करोड ५७ लाख १४ हजार रपैयाँ बराबरको कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : ३८ बजे