Logo

प्रदेश

सुदूरपश्चिममा सवारी कर वृद्धि, निजी मोटरसाइकलदेखि कारसम्मको कर बढ्यो



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सवारीसाधन कर पुनःसंरचना गरेको छ। आर्थिक विधेयकमार्फत प्रदेश सरकारले निजी प्रयोजनका मोटरसाइकल, कार, भ्यान र माइक्रोजस्ता सवारीसाधनमा कर वृद्धि गर्ने निर्णय सार्वजनिक गरेको हो।

विधेयकअनुसार तीनपाङ्ग्रे सवारीसाधनको वार्षिक कर अहिलेको ४,५०० रुपैयाँबाट बढाएर ६,००० रुपैयाँ पुर्‍याइएको छ। यस्तै, ट्याक्टर, ट्रक, बस तथा मेशिनरी सवारीसाधन (जस्तै डोजर, क्रेन) मा भने पूर्ववर्ती दर नै कायम राखिएको छ। उदाहरणस्वरूप, डोजरमा वार्षिक कर ४०,००० र ट्रक वा बसमा ३५,००० रुपैयाँ यथावत रहनेछ।

विद्युतिय सवारीसाधनमा आंशिक छुटको व्यवस्था गरिएको छ। ५०० वाटसम्मको क्षमताका विद्युतीय सवारीमा पूर्ण रुपमा कर छुट दिइनेछ भने ५०१ वाटभन्दा माथिका सवारीमा पुरानै कर दर लागू हुने प्रदेश सरकारले स्पष्ट पारेको छ।

सवारी कर, दस्तुर तथा सेवा शुल्कमा गरिएको समायोजनको उद्देश्य प्रदेशको आन्तरिक राजस्वमा वृद्धि गर्नुका साथै ट्राफिक व्यवस्थापनमा सुधार ल्याउनु रहेको सरकारको दाबी छ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  २ : २१ बजे