काठमाडौं । विजयराम कशजु र अवशेष प्रसाद ओझाले कर्भ ईभी एसयूभी कुपेमा ६७०० किलो मिटर यात्रा गरेर एउटा नयाँ रेकर्ड बनाएका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले काठमाडौंदेखि कन्याकुमारी ड्राइभ गरेर ६७०० किलो मिटरको यात्राको नयाँ रेकर्ड बनाएको जानकारी गराएका हुन् ।
सोही क्रममा अवशीस प्रसाद ओझाले ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यतालाई गलत साबित गरेको बताएका छन् ।
उनले भने, ‘ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भनेर भनिन्छ तर हामीले जुन लक्ष्य हासिल गर्यौ त्यो ३ हजार २ सय २५ किलो मिटर थियो । काठमाडौंदेखि कन्याकुमारीसम्म ईभी चलाउदा ध्यान दिनुपर्ने एक दुई वटा कुरा मध्य हाइ भोल्टेस ब्याट्री व्यवस्थापन गर्ने सिस्टम हो । तीन रात र चार दिन हामी गाडीमै सुत्यौ ।’
यसैगरि, विजयराम कशजुले पनि सहजताको हिसाबमा कर्भ इभी एसयूभी कुपेमा गाडी एकदमै राम्रो रहेको भन्दै तिव्रगतिमा गाडी चलाउँदा पनि सजिलै तरिकाले चलेको बताए ।
प्रतिक्रिया