Logo

खेलकुद

एकदिवसीय सिरिज खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्डबाट स्वदेश फर्किएका छन् ।

नेपाल आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेलेर आइतबार टोली स्वदेश फर्किएका हुन् ।

सोही क्रममा राष्ट्रिय टोलीका क्याप्टेन रोहित पौडेलले सिरिज एकदमै राम्रो भएको भन्दै आउने दिनहरुमा अझ बढि आत्मविश्वासका साथ खेल्ने बताए ।

जानुभन्दा अगाडि जतिपनि लक्ष्य राखेका थियो त्यो पूरा लगभग सबै पूरा भएको पनि उनको भनाई छ ।

उनले भने, ‘सिरिज एकदमै राम्रो भयो । जानुभन्दा अगाडि जुन लक्ष्य राखेका थियौं त्यो पूरा भयो जस्तो लाग्यो, । जुन हिसाबले खेलेका थियौ त्यसमा म खुसी छु । आउने दिनहरुमा अझ बढि आत्मविश्वासका साथ खेल्ने छौ ।’

स्कटल्याण्ड जानुअघि नेपाली टोलीले संयुक्त अधिराज्य(युके) मा अन्तिम तयारी गरेको थियो । नेपाली टोलीले तयारीका क्रममा युकेमा खेलिएको पाँचवटै अभ्यास खेलमा विजयी हासिल गरेको थियो ।

स्कटल्याण्डमा लिग टु का खेल अघि स्कटल्याण्ड ए सँग २ अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा पराजित नेपालको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

त्यसपछि भएको नेदरल्याण्ड्स र घरेलु टोली रहेको लिग टु का ४ मध्ये ३ खेलमा नेपाल विजयी भएको थियो । लिग टु अन्तर्गतको सिरिज पश्चात भएको टि ट्वान्टी आई सिरिजमा नेपाल दोस्रो भयो । ३ देश सम्मिलित त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा २ जितका साथ नेपाल दोस्रो भयो ।

यसपछि टि ट्वान्टी विश्वकपको तयारीका लागि नेपालको भारत, अस्ट्रेलिया र श्रीलंका भ्रमण रहेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : ४८ बजे