Logo

कर्पोरेट

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता



पोखरा । वेगनासतालस्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच बैंकका कर्मचारी तथा ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार, प्रभु बैंकका कर्मचारी, उनीहरूको परिवारजन तथा ग्राहकले रेष्टुरेण्टमा पाइने खाना तथा आवास सुविधामा १० प्रतिशत छुट पाउने छन्।

सम्झौतामा रेष्टुरेण्टतर्फबाट प्रोप्राइटर विश्वराज पौडेल र बैंकतर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन्।

प्रभु बैंक हाल देशभर ३११ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। बैंक हालै “बैंक अफ द इयर २०२३” तथा “फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४” बाट सम्मानित भएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ नाराका साथ प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय तथा प्रतिस्पर्धी सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ५ : ३२ बजे