काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रारम्भिक बालविकास शिक्षा सम्बन्धि दस्तावेजमा नै भ्रम भएको बताएका छन् । संघीय सांसदहरुको सहकार्य समन्वय समूहले शनिबार आयोजना गरेको प्रारम्भिक बालविकास सम्बन्धि परामर्श कार्यक्रममा बोल्दै उनले (इसिडि) प्रारम्भिक बालविकासलाई आधारभुत शिक्षासँग जोड्ने कि नजोड्ने भनी स्पष्ट नभएको बताएका हुन् ।
‘हाम्रो शिक्षा सम्बन्धि डकुमेन्टमा भ्रम छ । शिक्षा नीतिमा के लेखेको छ भने एकदेखि आठ कक्षासम्म आधारभूत भनिएको छ । अर्को कुनै दस्तावेजमा हेर्नुहोस एक वर्ष इसिडिदेखी आठसम्म आधारभुत भनिएको छ त्यो पनि सरकारकै दस्तावेजमा । त्यसैले सबैभन्दा पहिला हामी स्पष्ट हुनुपर्छ इसीडी अथवा प्रारम्भिक बालविकासलाई औपचारिक शिक्षासँग जोड्ने कि नजोड्ने,’ उनले भने ।
उनले नीतिगतरुपमा नै प्रारम्भिक बालविकासलाई विद्यालय शिक्षाबाट अलगै बनाइ छुट्टै विषयको रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले शिक्षा सम्बन्धि कानून बनाउँदा नेपाल सरकारको शिक्षा नीति र रणनीतिको आधारमा बनाउनुपर्ने बताए ।
प्रतिक्रिया