जुम्ला । जुम्ला पुगेकी पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहलाई भव्य स्वागत गरिएको छ ।
गुठिचौरमा बर्थिङ सेन्टरको शिलान्यास र हिमामा सिंचाई पोखरीको उद्घाटन गर्न शनिबार उनीहरु जुम्ला आइपुगेका हुन् ।
हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थिङ सेन्टर शिलान्यास गर्न सांसद ज्ञानेन्द्र शाहीको साथमा जुम्ला पुगेका हुन् ।
जुम्लाका दुई स्थानमा बर्थिङ सेन्टर बनाइने सांसद शाहीले बताएका छन् ।
प्रतिक्रिया