काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने चाड पर्वले नेपालको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको बताएका छन् ।
मुस्लिम समुदायको महान् पर्व बकर इदको अवसरमा शुभकामना सन्देश दिदैँ उनले यस्ता चाड पर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीबीचको एकता, राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै जाने पनि बताए ।
‘विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाड पर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा साँस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवम् सहअस्तित्वका आधारमा आ आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको छु । आपसी विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने मेरो विश्वास रहेको छ ।’ जारी सन्देशमा छ ।
यस्तै, उनले इदको माध्यमबाट सबै नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया