Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक दिउँसाे दुई बजे बस्ने गरी सर्‍याे



काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ । मंगलबार विहान ११ : ०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले गर्दा आजै दिनको २ः०० बजे बस्नेगरी निर्धारण गरिएको संघीय सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

उनले बैठक निर्धारित समयमा वस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश वमोजिम सभामुखले सभाको बैठक सारेको पनि जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  १ : ३० बजे