काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहलाई प्रहरीले आइतबार अपराह्न नियन्त्रणमा लिएको छ।
सिंह राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका थिए। त्यही क्रममा उनलाई प्रहरीले “सोधपुछका लागि” भन्दै नियन्त्रणमा लिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। “उहाँलाई सोधपुछका लागि भनेर भित्र राखिएको छ,” श्रेष्ठले भने।
यसअघि प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समेत नियन्त्रणमा लिई भद्रकालीस्थित प्रहरी परिसरमा राखेको थियो।
राप्रपाले यो घटनालाई आपत्तिजनक भन्दै आलोचना गरेको छ। प्रवक्ता श्रेष्ठले यसलाई “सर्वसत्तावादी निरंकुश गणतन्त्रको नाङ्गो रुप” भनी टिप्पणी गरेका छन्।
प्रहरी प्रशासनले भने यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।
प्रतिक्रिया