काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज सात स्थानबाट र्याली निकाल्ने भएको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार र्यालीहरू रत्नपार्कमा हुने केन्द्रीय सभामा केन्द्रित हुनेछन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मुख्य र्याली दिउँसो १:१५ बजे मैतिदेवीबाट सुरु भई रत्नपार्कतर्फ अघि बढ्ने छ। अन्य र्यालीहरू काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुरु हुने उनले जानकारी दिए।
उक्त कार्यक्रम गणतन्त्र दिवसकै दिन तय गरिएको भए पनि सत्तारुढ नेकपा (एमाले)ले बिहान झाँकीसहितको र्याली आयोजना गरेकाले राप्रपाको कार्यक्रम दिउँसो २ बजेपछि सुरु हुने भएको हो।
प्रतिक्रिया