Logo

Breaking News 1

नेकपा एमालेले आज गणतन्त्र उत्सव मनाउँदै



काठमाडौं । नेकपा एमालेले आज गणतन्त्रको अवसरमा भव्य कार्यक्रम गर्ने भएको छ । बिहिबार भृकुटीमण्डप, रत्नपार्क, सहिदगेटमा भेला भई गणतन्त्र उत्सव गर्ने भएको हो ।

कार्यक्रम ११ बजे देखि १४ बजे सम्म हुने बताइएको छ । सोही क्षेत्रमा एमालेको कार्यक्रम सकिएपछि राजावादीको कार्यक्रम हुनेछ ।

आजको कार्यक्रम कसैको विरोधमा नभइ जनताको उपलब्धीमा खुसियाली प्रकट गर्ने समारोह रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  १० : ११ बजे