काठमाडौं । नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले घटेकाे छ भने चाँदी तोलामा १० रुपैयाँले घटेकाे छ ।
आज सुन प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुन तोलाको १ लाख ९१ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजाे चाँदी २ हजार ५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया