आज मिति २०८२ जेठ १३ गते, मंगलवार, २७ मे २०२५। ज्येष्ठ कृष्णपक्ष औंसी तिथि, प्रातः ८ः५९ बजेपछि प्रतिपदा। कृत्तिका नक्षत्र, ६ः०८ बजेपछि रोहिणी। चन्द्रराशि वृष।
मेष
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ।
वृष
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
मिथुन
काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
कर्कट
मिहिनेतले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। थन्किएका वस्तुको उपयोग हुनेछ।
सिंह
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
कन्या
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ।
तुला
परिबन्धले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। मिहिनेतको नतिजा चित्तबुझ्दो नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय छ।
वृश्चिक
मिहिनेत गर्दा छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ।
धनु
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
मकर
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।
कुम्भ
निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ।
मीन
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ।
प्रतिक्रिया