इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूले बोलेको कुरा पुरा गर्न सक्ने नेतउत्वलाई मात्र जनताले विश्वास गर्ने बताएका छन् । सोमबार विश्व ज्योतिष महासंघले इटहरीमा आयोजना गरेको सम्मेलनमा बोल्दै कार्कीले नेताहरुले बोलेजसरी काम नगरेको भन्दै आलोचना खेप्नुपरिरहेको बताएका हुन् ।
‘नेता र ज्योतिष उस्तै हुन् । ज्योतिषले पनि बोलेको पुरा नभएमा उसको विश्वास गुम्छ । नेताको पनि उस्तै हो ।’ कार्कीले भने । नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले ज्योतिष विज्ञानलाई नेपालमा अध्यनको क्षेत्र बनाउन सकिने बताउँदै त्यसको नेतृत्व नेपालले लिएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
‘ज्ञानलाई कुनै पनि सिमानाले छेक्न सक्दैन । उनले थपे, ज्योतिष त्यस्तो विज्ञान हो, जसको विद्धवतालाई कुनै पनि सिमानाले छेक्न सक्दैन ।’
प्रतिक्रिया