काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बढेसँगै सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया