Logo

Breaking News 1

देश बिग्रिन नदिन जेठ १५ को आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई बिग्रिन नदिनको लागि र भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा सहभागी हुनुपर्ने बताएका छन् ।

राजसंस्था पुनः स्थापनाको लागि घरदैलो तथा प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले जेठ १५ गतेको आन्दोलनमा देशवासी नै सहभागी हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालको भविष्य बर्वाद हुनेवाला छ । यसकारण यो देशलाई बिग्रिन नदिनको लागि, भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा आउनुपर्छ । यो आन्दोलन नेतृत्व गर्नेको मात्र होइन यो आन्दोलन हामी सबैको साझा आन्दोलन हो । देशवासीको आन्दोलन हो ।’

साथै उनले जनताको एक दिनको धक्काले र योगदानले यो भ्रष्ट व्यवस्था ढल्ने बताए । उनले शान्तिपूर्ण आन्दोलनमा कुनै पनि हिंसात्मक कार्यहरु गर्न नदिन सरकारलाई आग्रह गरे ।

उनले भने, ‘तपाईंको एक दिनको धक्काले र योगदानले यो भ्रष्ट व्यवस्था ढल्छ । र सबैको भविष्य सुरक्षित हुन्छ । हामी शान्तिपूर्ण आन्दोलन गर्छौं । यो शान्तिपूर्ण आन्दोलनमा सरकारलाई हामी कुनै हिंसात्मक कार्यहरु गर्न नदिनको लागि आग्रह गर्न चाहन्छौं ।’

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार  ८ : १६ बजे