Logo

मुख्य समाचार

छ वर्ष बितिसक्दा पनि पाएन् नमराजले न्याय, न्यायको माग गर्दै माइतीघरमा पदर्शन



रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणको आज ६ वर्ष पुरा भएको छ ।

१० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए ।

त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।

उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।

उक्त घटनामा जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसला जन्मकैदको न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सजाय सदर गरेको थियो । त्यस विरुद्ध दलित अभियान्ताहरु निरन्तण आवाज उठाइरहेका छन् ।

तस्बिर : दामोदर सापकोटा नेपाल न्यूज बैंक

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार  १ : ४८ बजे