काठमाडौं । संघीय संसद् अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दै छ । आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदै छ । बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच छलफल हुनेछ ।
सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीमा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुनेछ ।
साढे ११ बजे बस्ने बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको छ ।
बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा आगामी कार्ययोजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया