Logo

Breaking News 1

आजको मौसम : वर्षा र हिमपातको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको कर्णाली र सुदुरपशचिम प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मूख्यतया मौसम सफादेखि आंशिक बदली रहेको छ । कोशी, बाग्मती र सुदुरपशचिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेश लगायत पहाडी भू—भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू—भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राती, कोशी, मधेश, गण्डकी र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू—भागमा आंशिक बदली रहनेछ ।

कोशी, मधेश, गण्डकी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ७ : ३१ बजे