Logo

Breaking News 1

राष्ट्रियसभाको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ । सवा १ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ५३ बमोजिम सरकारको वार्षिक प्रतिवेदन, २०८०/८१ सभासमक्ष पेस गर्नेछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको विभागीय मन्त्रीले जावफ दिने कार्यसूची छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ पेस गर्नेछन् । काननु, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ छलफलका लागिे प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ८ : १५ बजे