Logo

Breaking News 1

पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय



काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै हालै विकसित घटनाक्रमका सन्दर्भमा नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको हो ।

जारी विज्ञाप्ती अनुसार, ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ । यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’

मन्त्रालयले यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने पनि भनिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ७ : ४५ बजे