काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बुधबार साँझ बसेको बैठकमा सरकार र शिक्षकबीच भएको नौबुँदे सहमतिको अनुमोदन गर्ने एजेन्डा रहेको छ।
शिक्षक आन्दोलनका विषयमा सिंहदरबारमा सरकार र शिक्षक प्रतिनिधिहरूबीच भएको वार्तापछि सहमति जुटेको थियो। उक्त सहमतिलाई औपचारिक मान्यता दिन मन्त्रिपरिषद् बैठक बसेको हो। सहमतिको कार्यान्वयनको बाटो खुलाउन बैठकले औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ।
शिक्षकहरू मन्त्रिपरिषद्को निर्णयको प्रतिक्षामा सिंहदरबारमै रहेका छन्।
प्रतिक्रिया