काठमाडौं । सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, वडा नं. २२ ले आयोजना गरेको ३ दिने हाडजोर्नी, नशा तथा फिजियोथेरापी निःशुल्क शिविरमा ३१० जना विरामीले सेवा लिएका छन् ।
यसमा ७१ जना हड्डी खिइएका विरामी, २५ जना नशा च्यापिएका, ढाड, कम्मर र गर्धनमा समस्या भएका, ५१ जना वुढ्यौलीका कारण हड्डी कमजोर भएका, हड्डी मक्किएका, २८ जना पैताला दुख्ने, पोल्ने भएका, ३१ जना बाथरोग र युरिक एसिड भएका, ९५ जना हाडजोर्नी दुख्ने समस्या भएका विरामी थिए ।
यस्तै हड्डी खिइएर तथा नशा च्यापिएर अपरेसनका गर्नुपर्ने भएकोले ९ जनालाई रिफर गरिएको जनस्वास्थ्य निरीक्षक सुजन भण्डारीले जानकारी दिए ।
उनीहरुमध्ये २८० जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको थियो ।
प्रवर्धन केन्द्रमा फिजियोथेरापी सेवा नियमित चलिरहेको छ । दैनिक २० जनासम्मले सेवा लिएका छन् । भण्डारी भन्छन, ‘पहिले दुख्ने पोल्ने समस्या पाको उमेरसँग जोडेर हेर्ने गरिन्थ्यो । खानपान र जीवनशैलीका कारण अहिले युवा र प्रौढहरुमा पनि समस्या देखिएको छ ।’
महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट प्रवर्धनात्मक स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क फिजियोथेरापी सेवा प्रदान गरिरहेका छन् ।
प्रतिक्रिया