Logo

खेलकुद

गिरिजा प्रसाद कोइराला फाउण्डेसनद्वारा सन्तोषलाई रोमानिया खेलकुद संयोजकमा मनोनयन


१५ चैत्र २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । गिरिजा प्रसाद कोइराला फाउण्डेसन फर डेमोक्रेसी, पिस एण्ड डेभलपमेन्टले रोमानियाका लागि खेलकुद संयोजक पदमा सन्तोष थापा मगरलाई मनोनयन गरेको छ । 

फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाको अध्यक्षतामा संचालक समितिकोे बैठकले थापा मगरलाई आगामी दुई वर्षको कार्यकालका लागि उक्त पदमा मनोनयन गर्ने निर्णय गरेको हो । 

फाउण्डेसनले विधानमा उल्लेखित लक्ष्य तथा उद्देश्यहरू प्राप्त गर्न थापा मगरको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेको छ । अध्यक्ष कोइरालाले उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् । 

गिरिजा प्रसाद कोइराला फाउण्डेसनले लोकतन्त्र, शान्ति र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ९ : ४४ बजे