जनकपुर । मधेस प्रदेश सरकार एसइईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको छ ।
बिहीबारदेखि सुरु हुन लागेको एसईईको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा प्रक्रियाबाट प्रदेश सरकार बाहिरिएको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।
मंगलबार मुख्यमन्त्री सिंह र शिक्षामन्त्री रानी शार्मा तिवारीले पत्रकार सम्मेलनको गर्दै परीक्षा प्रक्रियाबाट बाहिरिएको जानकारी दिए ।
प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिएकोमा शिक्षा समन्वय इकाईलगायत शैक्षक संस्थाहरूले नमानेपछि सरकार बाहिरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
उनले २० वर्षदेखि शिक्षा अधिकारीहरुले मधेश प्रदेशको परिक्षामा चलखेल गरेर विद्यार्थीहरुको भविष्यसंग खेलबाड गरिरहेको आरोप लगाएका छन् ।
एसईई परिक्षा समाप्त हुनासाथ शिक्षा अधिकारीलगायत निकायहरुमा अनुगमन गर्नुका साथै तालाबन्दी गर्ने मुख्यमन्त्री सिंहले चेतावनी समेत दिए ।
प्रतिक्रिया