Logo

Breaking News 1

महायज्ञको संकलित रकम दुरुपयोग भएको आशंका


२९ फाल्गुन २०८१, बिहिबार  

69
Shares

सिरहा । औरही गाउँपालिका ५ मा क्याम्पस सञ्चालन गर्ने भन्दै आयोजना गर्न लागिएको महायज्ञका नाममा ठूलो रकम उठेको छ । तर उक्त रकम अनियमितता हुने गरेको बताइएको छ ।

चन्दामा उठेको रकम राख्न एनएमबी बैंक औरही शाखामा खाता खोलेको छ । खाता गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमतका नेता दिलिप यादवको नाममा छ । तर उक्त खातामा अहिलेसम्म रकम जम्मा गरिएको छैन् ।

महायज्ञको नाममा करिब १५ दिनदेखि चन्दा संकलन गरिदैछ । गाउँपालिका अध्यक्ष शिवजी यादवले करिब १५ लाख चन्दा संकलन भएको स्वीकारे । तर बैंकमा रकम जम्मा नगरिएकाले अनियमितता हुने स्थानीयको आशंका छ ।

एनएमबी बैंक औरही शाखाका म्यानेजर रविन्द्र यादवले शिवजी र दिलिपको नाममा खाता खोलिएको तर उक्त खातामा अहिलेसम्म रकम जम्मा नभएको पुष्टि गरे । उनले भने, ‘दुई जनाको व्यक्तिगत बचत खाता रहेको छ । त्यसैले रकम जम्मा भएमा कति जम्मा भएको कुरा भन्न मिल्दैन । अहिले रकम नै जम्मा भएको छैन ।’

महायज्ञका लागि समिति बनाइएको छ । तर गाउँपालिका अध्यक्ष र जनमतका नेता दिलिपले कति रकम उठाएकोबारे समितिमा रहेको कसैलाई थाहा छैन । गाउँपालिका अध्यक्ष र जनमतका नेता दिलिपले चन्दा उठाउन जाने बेलामा कसैलाई सोधखोज नगर्ने गरेकाले पनि उनीहरु रकम अनियमितता गर्ने शंका बढेको छ । राहुल राय

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ११ : ३० बजे