Logo

Breaking News 1

महिला टी–ट्वान्टीमा आज नेपाल र नामिबिया भिड्दै


२८ फाल्गुन २०८१, बुधबार  

69
Shares

काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । नेपालले आयोजक युगाण्डालाई हराएको थियो भने नामिबिया र हङकङसँग पराजित भएको थियो ।

यस्तै, नामिबियाले पनि एकमा जित र दुईमा हार बेहोरेको छ । नेपालले अर्को खेल बिहीबार युगाण्डासँग र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : १३ बजे